नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा ल्यायो आकर्षक अफर

0
Shares

नेपाल टेलिकमले फागुन ७ गते नेपाल भर मनाइने प्रजातन्त्र दिवसको अवसरमा आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ ।

७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकम (एनटीसी)ले भ्वाइस ओभर एलटीई अर्थात् भोल्टी कल निःशुल्क प्रदान गरेको छ । यसका अतिरिक्त एनटीसीले एमपोसबाट गरिने रिचार्जमा डेटा बोनस पनि दिने छ ।

साथै, सोही अवसरमा भोलि एमपोसबाट गरिने २०० देखि ४९९ रूपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० रूपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बाेनसको रुपमा ग्राहकले प्राप्त गर्न सक्नेछन् ।

यी सबै सेवा सुविधा उपभोग गर्ने समय भोलि एक दिनको लागि मात्रै रहने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।