हिमालयन जनरल इन्स्योरेन्सको एजिएम फागुन ३० गते, ७% लाभांश पारित हुँदै

0
Shares

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (HGI) ले फागुन ३० गते सोमबार भर्चुअल माध्यमबाट कम्पनीको २८ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको फागुन ६ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुरुप हाल कायम चुक्ता पूँजी १ अर्ब १० करोड ३ लाख ३६ हजार रुपैयाँको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत अनुमोदन गर्नेछ ।

यस्तै सभामा अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने, गत आर्थिक वर्ष २०७७।७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १६ गते एकदिन सेयर दाखिल खारेजी (बुकक्लोज) को मिति तय गरेको छ । बुकक्लोजका आधारमा फागुन १५ गते आइतबारसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७८, आइतबार  १५ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।