डिशहोम फाईवरनेटले काठमाण्डौंमा एकैदिनमा खोल्यो चार सोरुम

0
Shares

नेपालभर ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौंमा एकैदिनमा चारवटा सोरुम उद्घाटन गरेको छ ।

बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टि.भि. हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमका विच डिश मिडिया नेटवर्क लिं.का विक्री महाप्रबन्धक रमेश सापकोटाले गरेका हुन ।

सो कार्यक्रममा डिश मिडिया नेटवर्कका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, रिजनल सेल्स म्यानेजर जस बहादुर गुरुङ, एरिया सेल्स म्यानेजर उज्जल न्यौपाने, सिनियर सेल्स अफिसर राम शिलाकार र मदन सापकोटा, सेल्स अफिसर रविन थापा र सागर जोशि तथा ब्राण्ड अफिसर दिनेश रतन र अनिल ठाकुरको उपस्थिति रहेको थियो ।

त्यस्तै सि. एम. ट्रेङ्गिङको सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर बिक्रम लामाको उपस्थिती रहेको थियो भने स्टोम नेटवर्क तर्फ बाट मंगल गुरुङ, र रमेश के।सी। उपस्थिती रहेको थियो । एलेक्स ईम्पेक्सको संचालन रामकुमार श्रेष्ठ र केशव कोईराला, बलम्वु टि.भि. हाउसको संचालन प्रभात भट्टराई र बि. ईन्टरप्राईजेजको संचालन आकाश मानन्धरले गर्नेछन ।

बिगत लामो समयदेखी डिशहोमसंग सहकार्य गर्दै आएका डिशहोम डिलरदाईहरुले अव छुट्टै सोरुम मार्फत डिशहोम र डिशहोम फाईवरनेटको नयाँ कनेक्सन, रिचार्ज तथा फण्ड ट्रान्स्र्फर, सेट टप बक्स तथा राउटर एक्सचेन्ज, रिलोकेसन लगाएत विक्रीपछिको सम्पूर्ण सेवाहरु नयाँ सोरुम मार्फत प्रदान गर्ने जानकारी सोरुम संचालकहरुले दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।