नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन ११ गते) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
कुल जारी सेयरमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्रीमा आउनेछ ।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । तर पछिल्लो आवेदन हेर्दा गोलाप्रथाबाट निकै कम संख्याका आवेदकले मात्र सेयर पाउने भएकाले १० कित्ताको आवेदन नै उपयुक्त हुन्छ ।
आईपीओमा लगानीकर्ताले फागुन १५ गतेदेखि आवेदन दिन सक्नेछन् । सो समयमा सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
सिडिएससीले विकास गरेको मेरो सेयरको मोबाइएल एप, वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सदस्यता अनुमति लिएका स्वीकृती प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले लिमिटेडले ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । डबल बी रेटिङ प्राप्त संस्था समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनी राजिष्ट्रारको कार्यालयमा विसं २०७४ चैत २८ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २९ गते घ वर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्न अनुमति पाएको थियो ।
लघुवित्तका संस्थापकहरुमा विभिन्न बैंक तथा वित्तीय संस्था तथा बैंकिङ्ग क्षेत्र, सरकारी क्षेत्र, गैर–सरकारी क्षेत्र, शैक्षिक क्षेत्र, कृषि, उद्योग तथा व्यापार क्षेत्र एवं व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दख्खल भएका प्रतिष्ठित व्यक्तिहरु रहेकाले पनि कम्पनीको सेयरमा लगानी गर्नेहरु मालामाल बन्ने अनुमान गर्न सकिन्छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ६, न्यूरोडमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले हाल १२ जिल्लामा ५६ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया