ज्योति विकास बैंक (JBBL) को ११ प्रतिशत बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ ।
बैंकको पुस २३ गते सम्पन्न साधारण सभाबाट पारित भएको उक्त बोनस सेयर पुस ८ गतेसम्म सेयर डिम्याट गराएका लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिएको हो ।
पुस ८ गतेपछि डिम्याट गर्ने लगानीकर्ताहरुको बोनस सेयर भने क्रमशः डिम्याट खातामा जम्मा गर्दै जाने बैंकले जनाएको छ ।
हालसम्म पनि कागजी सेयर (डिम्याट नगरेकाहरु) धारण गरेका लगानीकर्ताहरुले बोनस पाउन आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्न समेत बैंकले भनेको छ । भौतिक प्रमाणपत्र डिम्याट गरेपछि मात्र बोनस जम्मा गरिने बैंकले बताएको छ ।
ज्योति विकास बैंकको पुस २३ गते सम्पन्न साधारण सभाले चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद लाभांश गरी १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साधारण सभाबाट पारित भएको नगद लाभांश भने बैंकले यसअघि नै सम्बन्धीत सेयरधनीको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा क्लियरिङ्ग हाउसको आईपीएस मार्फत पठाइसकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया