सगरमाथा इन्स्योरेन्सको २१ प्रतिशत लाभांश प्रस्ताव

0
Shares

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड (SIC) ले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको फागुन १२ गते बिहीबार साँझ सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय बीमा समिति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

कम्पनीको २०७६।७७ मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । समीक्षा अवधिमा कम्पनीको लाभांश १० प्रतिशतले बढेको हो ।

हाल सगरमाथा इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ रहेको छ । प्रस्तावित २२ करोड २२ लाख ७१ ह्जार ४०० रुपैयाँ बोनस सेयर वितरणपछि कम्पनीके चुक्ता पूँजी १ अर्ब ३३ करोड ३६ लाख २८ हजार ४०० रुपैयाँ पुग्नेछ ।

यस्तो छ कम्पनीको लाभांश इतिहासः

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2077/2078 20.00 1.05 21.05
2 2076/2077 11.00 0.58 11.58
3 2074/2075 86.00 0.00 86.00
4 2072/2073 22.00 1.15 23.15
5 2071/2072 23.75 1.25 25.00
6 2070/2071 15.00 0.79 15.79
7 2069/2070 20.00 22.10 42.10
8 2068/2069 100.00 29.62 129.62

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।