सानिमा बैंकका ग्राहकलाई नक्साल तरकारी बजारमा क्यास ब्याक अफर

0
Shares

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो इ–बैंकिङ्गमार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको प्राप्त गर्न सक्ने भएका छन्।

यो योजना यही फागुनदेखि २०७९ वैशाख मसान्तसम्मका लागि लागू हुने कम्पनीले जनाएको छ।

नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा अधिकतम २० रुपैयाँ तथा मासिक अधिकतम ५ सय रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।

क्यास ब्याकबापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ।

ग्राहकहरुले प्लेस्टोर/एपस्टोरबाट सानिमा सजिलो ई बैंकिङ्ग एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्नेछन्।

सानिमा बैंकको देशभर सातै प्रदेशमा गरी १२३ वटा कार्यालय तथा १०३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।