वोमी र सूर्योदय लघुवित्त वित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति

0
Shares

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जर तथा प्राप्ती गर्न नेपाल राष्ट्र बैंकले को अन्तिम स्वीकृति दिएको छ ।

केन्द्रीय बैंकले दुई लघुवित्त संस्थालाई फागुन ५ गते एकआपसमा गाम्भे।गाभिने सम्बन्धमा अन्तिम स्वीकृति प्रदान गरेको हो । सूर्योदय लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्याङजाको पुतलीबजारमा र वोमी लघुवित्तको काभ्रेको बनेपामा रहेको छ ।

दुई लघुवित्तबीच गत भदौ १५ गते बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम मर्जरमा सम्झौता भएको थियो । राष्ट्र बैंकले कात्तिक १ गते सैद्धान्तिक सहमति दिएको थियो ।

मर्जरपछि एकीकृत संस्थाको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सञ्चालन हुनेछ । सम्झौताअनुसार हाल सूर्योदयका प्रमुख कार्यकारी अधिकृत मर्जरपछि बन्ने संस्थाको प्रमुख कार्यकारी अधिकृते बन्नेछन् भने हाल वोमीका प्रमुख कार्यकारी अधिकृत मर्जरपछि बन्ने संस्थाको डेपुटी प्रमुख कार्यकारी अधिकृत रहनेछन् ।

वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४९ करोड ४३ लाख ३३ हजार रहेको छ भने सुर्योदय लघुवित्तको २९ करोड ७६ लाख ५१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

राष्ट्रियस्तरको कार्य क्षेत्र भएको सूर्याेदय लघुवित्तले २०७० साल असार ६ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्घको इजाजत पाएको थियो भने राष्ट्रियस्तरकै कार्य क्षेत्र भएको वोमी लघुवित्तले २०६८ फागुन १९ गते नेपाल राष्ट्र बैंकको इजाजत पाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७८, शुक्रबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।