
साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुनको भाउ १ हजार ६०० रुपैयाँले बढेर तोलाको ९८ हजार २०० रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको भाउ पनि बढेर ९७ हजार ७०० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ६०० रुपैयाँ र तेजावी सुन ९६ हजार १०० रुपैयाँ तोकिएको थियो ।
यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबारको तुलनामा सोमबार चाँदी तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ कायम गरिएको छ । आइतबार चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔस १९१० डलर तथा चाँदी प्रतिऔस २४.३६ डलर आसपासमा कारोबार भैरहेको छ ।
केही दिन यता सुनको मूल्यमा नेपाली बजारमा हुने गरेको ठूलो घटबढमा अन्तर्राष्ट्रिय बजारको प्रभाव रहेको महासंघले जनाएको छ । संघका अध्यक्ष अध्यक्ष माणिक रत्न शाक्यले अफ सिजन भएकाले हाल नेपालमा दैनिक १८ देखि २० किलो सम्म मात्र सुनको माग हुने बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया