नेशनल लाइफ इन्स्योरेन्सको ३३ औं वार्षिक साधारण सभा आह्वान

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी (NLICL) ले ३३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले फागुन २९ गते केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः ३० बजे साधारण सभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभालबाट संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने एजेण्डा छ ।

यस्तै आव २०७६।७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७७। ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको कम्पनीले फागुन २२ गते आएतबार एक दिन सेयर दाखिल खारेजी (बुकक्लोज ) गर्ने भएको छ । बुकक्लोजका आधारमा फागुन १९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।