.jpg)
महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) को आज सम्पन्न बीसौ वार्षिक साधारण सभाले कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।
सभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।
“सबल बैंक, सफल सहकार्य” को भिजनलाई आत्मसाथ गर्दै बैंकले नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको छ ।
यसअघि स्थगित भएको बीसौ वार्षिक साधारण सभा फागुन १३ गते शुक्रबार बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादी, काठमाडौमा सम्पन्न भएको हो ।
सभाले आ.व. २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।
सभाका अध्यक्ष उपाध्यायले शेयरधनी महानुभावहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले आगामी दिनमा थप प्रगति हाँसिल गर्ने कुरा बताए । साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याउन भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।
स्थगित बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, सञ्जय गिरी र दिपक कुमार रौनीयार र सर्वसाधारण समुह (ख) बाट श्याम सुन्दर रmङ्गटा, राहुल अग्रवाल र रmपेन्द्र पौडेल सञ्चालक पदमा निर्वाचित भएका छन् ।
साथै फागुन १३ गते बसेको सञ्चालक समितिको ५१८ औं बैठकले राजेश उपाध्यायलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा पुनः चयन गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया