राष्ट्र उत्थान लघुवित्तको आईपीओको पहिलो कारोबार नै ५०२ रुपैयाँसम्म खुल्नसक्ने

0
Shares

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ५०२.२९ रुपैयाँसम्म खुल्नसक्ने देखिएको छ ।

कम्पनीको पछिल्लो परिष्कृत वित्तीय विवरणका आधारमा उक्त रुपैयाँसम्मको अधिकतम कारोबार ओपनिङ्ग रेञ्ज पाउने देखिएको हो ।

कम्पनीको आव २०७७।७८ को वास्तविक नेटवर्थ १६७.४३ रुपैयाँ रहेको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ । यसअनुसार कम्पनीको आईपीओको पहिलो कारोबारको लागि नेप्सेबाट न्यूनतम १६७.४३ देखि ५०२.२९ रुपैयाँसम्मको ओपनिङ्ग कारोबार रेञ्ज पाउनेछ ।

फागुन ४ गतेदेखि ८ गतेसम्म जारी भएको कुल ८ लाख ५० हजार कित्ता आईपीओ फागुन १२ गते बिहीबार बाँडफाँड भइसकेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदन दिएकोमा लघुवित्तको आईपीओ ७९ हजार ४५० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । उक्त आईपीओमा ५ हजार ८५९ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सेयर रजिष्ट्रारले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य गर्ने गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रहेको छ । आईपीओ बाँडफाँड पछि कम्पनीके चुक्ता पूँजी २६ करोड पुगेको छ । कम्पनीको अधिकृत पूँजी ५० करोड तथा जारी पूँजी २६ करोड रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७८, सोमबार  १६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।