प्रभु बैंकको कुरिनटार शाखा कार्यालय सञ्चालनमा

0
Shares

प्रभु बैंकले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आफ्नो १९६ औं शाखा कार्यालयको रुपमा कुरिनटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ्गले गरिन् । बैंकको कुरिनटार शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको भनाई छ।

बैंकले हाल १९६ शाखा, ३४ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग सेवा तथा १५२ एटिएम मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।