नबिलले एनबि बैंक गाभ्न राष्ट्र बैंकबाट पायो सैद्धान्तिक स्वीकृति

0
Shares

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएको छ। राष्ट्र बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले नबिल बैंकलाई एनबि बैंक गाभ्न सहमति दिएको हो।

राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएसँगै अब सम्पूर्ण सम्पति तथा दायित्व (डीडीए) को मूल्यांकन प्रकृया अगाडि बढ्ने छ। सबै काम सकेर ५ महिनाभित्र एकिकृत कारोबार गर्ने तयारीमा नबिल बैंक लागेको छ ।

नबिल बैंकले एनबि बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। नबिलले नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी प्राप्ति गर्न लागेको हो ।

नबिलले एनबि बैंकलाई प्राप्ति गरेपछि बैंकको प्राथमिक पूँजी ४३ अर्ब, चुक्ता पूँजी २२ अर्ब ५० करोड पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।