नेप्सेमा भारी गिरावट, सबै उपसमुहगत सूचक राताम्मे

0
Shares

सेयर बजार गिरावटले साताको चौथो कारोबार दिन बुधबार पनि ओरालो यात्रा कायम रहँदा सेयर बजारमा भारी अंकको गिरावट देखिएको छ ।

स्टकका अनुसार आज बुधबार ६४ अंक सहित पछिल्लो पाँच दिनमा १८९ अंकले घटेको हो । बुधबार सेयर कारोबार मापक नेप्से सूचक २.४५ प्रतिशत अर्थात ६३.९८ अंकले घटेर २५४६.६० बिन्दुमा पुगेको छ । यसदिन ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ परिसूचक पनि ११.५२ अंकले घटेर ४८८.६९ बिन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार कूल २२८ वटा कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

आज कारोबार भएका १३ उपवटै समूहगत सूचक ओरालो लागेको छ । सबैभन्दा धेरै फाइनान्स ३.६५ प्रतिशतले घटेको छ भने उत्पादन, विकास बैंक, जलविद्युत, जीवन बीमा र लगानी पनि ३ प्रतिशत धेरैले घटेको नेप्सेले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुधबार कारोबारमा आएका कम्पनीहरुमध्ये अब्बल देखिएको छ । कम्पनीको १६ करोड १८ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नेपाल टेलिकम र अरुण भ्याली हाइड्रोपावरको १४करोड बढी तथा अपि पवार, शिवम सिमेन्टस् र हिमालयन डिष्टिलरीको पनि दश करोड रुपैयाँभन्दा बढीकोे कारोबार भएको छ ।

यसदिन रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै ४ प्रतिशतले बढेर ५७२ रूपैयाँ पुगेको छ । यस्तै सिभिल बैंक र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि १ प्रतिशत बढीले बढेको छ ।

उता हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ८.२६ प्रतिशतले घटेर ६३१ रूपैयाँमा झरेको छ । यस्तै युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावर, ङादी ग्रुप पावरको सेयरमूल्य ६ प्रतिशत माथि तथा नेशनल, सामलिङ्ग पावर, तेह्रथुम पावर, हिमाल दोलखा र युनिभर्सल हाइड्रोपावरको सेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७८, बुधबार  १५ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।