बिहीबार सुनको मूल्य ५०० रुपैयाँले घट्यो, चाँदीको मूल्यमा भने सामान्य वृद्धि

0
Shares

सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९८ हजार ५०० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँ र तेजावी सु ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनको मूल्यमा गिरावट आएपनि चाँदीको मूल्य भने बढेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँ तोकिएको छ । बुधबार चाँदी तोलाको १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुन तोलामा १ हजार ९०० रुपैयाँ तथा चाँदी ४० रुपैयाँले बढेर कारोबार भएको थियो ।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९२७ डलर तथा चाँदी प्रतिऔंस २५.२९ डलर आसपासमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७८, बिहिबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।