कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी

0
Shares

कृषि विकास बैंक (ADBL) को उपमहाप्रबन्धकमा प्रताव सुवेदी नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिले प्रमुख कर्जा अधिकृत रहेका सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो ।

बैंकिङ्ग क्षेत्रमा करिब तीन दश अनुभव संगालिसकेका सुवेदी २१ वर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् ।

कृषि विकास बैंकमा प्रवेश गर्नुअघि नेपाल बैंक र सञ्चय कोषमा समेत काम गरेको उनको अनुभव छ । उनी पछिल्लो साढे तीन वर्षदेखि बैंकको कायम मुकायम महाप्रबन्धकको जिम्मेवारीमा रहेका थिए ।

कृषि विकास बैंक सरकारी स्वामित्वको बैंक हो । बैंकमा सर्वसाधारण सेयरधनीको ३० प्रतिशत लगानी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।