सुनको मूल्य प्रतितोला एक लाख माथि, कति छ बजार भाउ ?

0
Shares

नेपाली बजारमा सुनको मूल्य आकासिएको छ । अब उपभोक्ताले एक तोला सुन किन्नकै लागि १ लाख बढी खर्च गर्नुपर्ने भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा २ हजार रुपैयाँले वृद्धि भएको छ ।

आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ कायम गरिएको छ।

शुक्रबार छापावाला सुन तोलाको ९९ हजार ९०० रुपैयाँ र तेजावी सुन ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनसँगै चाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।

शुक्रबार चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार-चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७० डलर तथा चाँदी प्रतिऔंस २५.७३ डलर आसपासमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ फाल्गुन २०७८, आइतबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।