डाबर नेपालद्वारा ‘डाबर वाटिका नेच्युरल्स सेम्फु’ सार्वजनिक, तीन भेरियन्टमा उपलब्ध

0
Shares

डाबर नेपालले ‘डाबर वाटिका नेच्युरल्स सेम्फु’को नयाँ रेन्ज हायाट प्लेस् सार्वजनिक गरेको छ ।

यो ब्राण्डको अनावरण डाबर वाटिका नेच्युरल्स सेम्फुको सेलिब्रिटि ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काको साथै डाबर नेपालका व्यापार प्रमुख एच्. एस्. बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा गरिएको थियो ।

डाबर नेपालले नेपाली श्याम्पु बजारमा आफ्नो उपस्थिती जनाउँदै नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरिय वाटिका श्याम्पू उपलब्ध गराएको छ ।

डाबर वाटिका नेच्युरल्स सेम्फु तीनवटा भेरियन्टमा पाइन्छ – ब्ल्याक शाइन सेम्फु कालो र चम्किलो कपालको लागि, थिक एण्ड लंङ सेम्फु बाक्लो र लामो कपालको लागि र एन्डि डेन्ड्रफ सेम्भफु चाँया मुक्त कपालको लागि बनाइएको छ । हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरुले भरिपूर्ण छन् जसले कपालको विशेष समस्याहरुको समाधान गर्छ र कपाललाई नरम बनाउनुको साथै क्लिङसिङ्ग र कन्डिसियनिङ दिन्छ ।

एच. एस. बेदीले भने ‘डाबर नेपालको व्यापार प्रमुखले भने, डाबर वाटिका नेच्युरल्स सेम्फुको लन्च डाबरको उपभोक्ता तर्फ प्राकृतिक हेयर केयरमा सबै भन्दा राम्रो समाधान दिदै आएको प्रतिबद्घताको नतिजा हो । हाम्रो स्याम्पूको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण छ ।’

मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, डाबर वाटिका नेच्युरल्स सेम्फु आफ्नो उपभोक्तालाई सधैँ केही नयाँ र रोमाञ्चक उत्पादन ल्याउने यस कम्पनीको निरन्तर प्रयासको नतिजा हो ।’ गोर्खालीले अभैm थप्दै भने डाबर वाटिका नेच्युरल्स सेम्फुको फर्मुला बजारको व्यापक अनुसन्धानपछि नेपाली उपभोक्ताको चाहना अनुरुप १० प्राकृतिक तत्वहरु सहित बजारमा ल्याएका छौं ।’

डाबर वाटिका नेच्युरल्स सेम्फु १७० एम.एल., ३३० एम.एल. र ६५० एम.एल. का बोतल आर्कषक मूल्यमा बजारमा उपलब्ध छ भने ७ एम.एल. र ३.५ एम.एल.को स्यासे मा पनि उपलब्ध छ । ३३० एम.एल.को बोतलमा पम्पको सुविधा पनि रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।