एप्पलको आइफोन एसइमा फाइभ-जी र म्याक स्टुडियो कम्प्यूटरमा फास्टर चीप अपग्रेड

0
Shares

एप्पलले आफ्ना आइफोन मोडलहरुमा कम मूल्य पर्ने आइफोन एसइ र आइप्याड एयरमा फाइभ–जी सुविधा अपग्रेड गरेको छ । यसका साथै एप्पलले स्टुडियो कम्प्यूटरमा फास्टर चीप पनि अपग्रेड गरेको छ ।

एप्पलको नयाँ डेक्सटपमा एम १ अल्ट्रा चीप हुने छ जसको मूल्य ३ हजार ९ सय ९९ रहेको छ । यसका साथै ल्याप्टपहरुको लागि डिजाइन गरिएको एम १ चीप आइप्याड एयरमा पनि हुने छ । स्टुडियो कम्प्यूटर र आइप्याडमा एम १ माइक्रोप्रोसेसर रहेपनि म्याक प्रो भने इन्टेल माइक्रोप्रोसेसर नै रहने छ ।

एप्पलको सबैभन्दा सस्तो रहेको एप्पल एसइमा बाइयोनिक चीप, ४.७ इन्चको रेटिना डिस्प्ले, टच आइडी सहितको होम बटन र फाइभ–जी सुविधा रहने छन् । आइफोन एसइको मोडलमा केही विशेषताहरु थपेसँगै एप्पलले उक्त मोडलको मूल्यमा पनि वृद्धि गरेको छ । पहिले ३९९ डलर रहेको एसइको मूल्य अहिले ४२९ डलर पुगेको छ ।

एप्पलका प्रमुख कार्यकारी अध्यक्ष तीम कुक भन्छन्, आइफोन एसइमा अपग्रेड भएका विशेषताहरु ती प्रयोगकर्ताहरुले मन पराउने छन् जसले उचित मूल्यमा सुविधा सम्पन्न तर सानो साइजको फोन प्रयोग गर्न रुचाउँछन् ।

त्यसैगरी आइडीसीकी विश्लेषक नविला पोपालले पनि रुस–युक्रेन युद्धको समयमा उत्पन्न भएको आर्थिक समस्या र अनिश्चतताको बीचमा आइफोनले सस्तो मूल्य मै फाइभ–जी सेवा सम्पन्न सुविधा दिनु लोकप्रिय बन्न सक्ने बताएकी छिन् ।

यसैगरी एपलले एम १ अल्ट्रा चीप दुई वटा एम १ म्याक्स चीपलाई कनेक्ट गरी बनाएको छ जसको प्रयोग म्याक स्टुडियो कम्प्यूटरमा गरिने छ र यो चीप एम १ म्याक्सको तुलनामा आठ गुणा छिटो चल्ने छ ।

एम १ म्याक्स चीप प्रयोग भएको म्याक स्टुडियो कम्प्यूटरको मूल्य १ हजार ९ सय ९९ डलर रहेको छ भने एम १ अल्ट्रा चीप प्रयोग भएको कम्प्यूटरको मूल्य ३ हजार ९ सय ९९ डलर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।