सी.जी. ब्रुअरीले ल्यायो नेपाल आईस पिल्स्नर बियर उत्कृष्ट स्वादमा

0
Shares

चौधरी ग्रुप अन्तर्गतको सी.जी. ब्रुअरीले नेपाली बजारमा नेपाल आईस पिल्स्नर बियर ल्याएको छ ।

नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आईस’ ब्राण्ड अन्र्तगत पिल्स्नर बियर उत्पादन गरिएकोछ । बजारमा उपलब्ध अन्य पिल्स्नर बियर भन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको छ ।

सी.जी. ब्रुअरीले समय अनुकुल आफ्ना बियर पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ ।

नेपाल आईस पिल्स्नर उपभोक्तामाझ लोकप्रिय तथा प्रथम रोजाईको पिल्स्नर बियर हुनेमा कम्पनी विश्वस्त छ ।

यो बियर ६५० मि.लि. प्रति बोतल उपभोक्ता मुल्य रु. ३४० र ३३० मि.लि.प्रति बोतल उपभोक्ता मुल्य रु.१७५ कायम गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।