सुनको मूल्य शुक्रबार तोलामा ६०० ले बढ्यो, चाँदीको भाउमा पनि वृद्धि

0
Shares

सुनको मूल्य शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २ हजार १०० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन तोलाको १ लाख २ हजार रुपैयाँ र तेजावी सुन १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनसँगै चाँदीको मूल्यमा पनि झिनो वृद्धि भएको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम गरिएको छ ।

बिहीबार चाँदी तोलाको १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार सुन तोलामा ३ हजार ५०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले घटेर कारोबार भएका महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९८४ डलर तथा चाँदी प्रतिऔंस २५.६७ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७८, शुक्रबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।