“बजाज पाँचको पन्च” योजनामा ५ चोटी उपहार जित्ने मौका, बम्पर पुरस्कार १० लाख

0
Shares

हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना ल्याएको छ । बजाज अटो, नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल कम्पनीको नेपालको लागि आधिकारिक वितरक हो ।

“बजाज पाँचको पन्च” नामक ग्राहक योजना अन्तर्गत ग्राहकले पाँचपटक उपहार जित्ने मौका पाउँनेछन । बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाईक किन्ने बेलामा एक हजार रुपैयाँको छुट पाउनका लागि योग्य भईनेछ ।

यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाईक रोजेपछि रु. ५० हजारसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट बाईक किन्ने बेलामा प्रदान गरिनेछ । त्यसपछि बाईक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, शोरुममा गएर बाईक रोजेवापतको अनि किन्नलाई बुकिंग गर्दा पाईने रु १ लाखसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिनेछ ।

यो अफरको बारेमा अरुलाई रिफर गरियो र किन्नेले पनि तपाईंले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिंग प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै बम्पर पुरस्कार स्वरुप १० लाखसम्म जित्ने मौका मिल्नेछ । यसरी समग्रमा सोचेर, हेरेर, किनेर, भनेर अनि बम्बर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामाकरण पनि “बजाज पाँचको पन्च” भनेर गरिएको कम्पनीको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।