रुस युक्रेनबीचको द्धन्द्ध वार्तामा पुगेपछि पहेँलो धातु सुनको भाउ क्रमशः सस्तिन थालेको छ ।
फागुन २५ गते बुधबार ऐतिहासिक उचाईमा पुगेको सनको भाउ त्यसपछिका दिनहरुमा घट्न थालेको हो ।
फागुन २५ गते तोलाको १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता तोलाको ६ हजार २०० रुपैयाँले घटिसकेको छ । डेढ साता लामो द्धन्दपछि फेरि दुई देश बीच शान्तीवाताृ चलेपछि त्यसको सकारात्मक प्रभाव सुन बजारमा परेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको भाउ मंगलबारको तुलनामा बुधबार १ हजार २०० रुपैयाँले घटेको छ ।
आजका लागि छापावाला सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुन तोलाको १ लाख ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन तोलाको १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर कारोबार भएको थियो ।
यस्तै आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ १ हजार ३७० रुपैयाँ तोला छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९१६ डलर तथा चाँदी प्रतिऔंस २४.७९ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया