
बैंक अफ काठमान्डू (BOKL) ले १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बैंक अफ काठमान्डूका प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआइबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले बिक्री प्रबन्धक नियुक्ति सम्बन्धीमा सम्झौतामा चैत २ गते हस्ताक्षर गरेका छन् ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित दरमा १ अर्ब १० करोड रुपैयाँको ११ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रको नाम बीओके डिबेन्चर २०८६ (क) दिइएको छ । सात वर्ष अवधिमा परिपक्क हुने यस ऋणपत्रको लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याजदर पाउनेछन् ।
बिओकेले ९९ शाखा, ८७ एटीएम र १० वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया