तीन कम्पनीको सेयरमूल्य समायोजन

0
Shares

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, गरिमा विकास बैंक गरी तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि तीनवटै कम्पनीले यसै साता सेयर दाखिला खारेजी (बुकक्लोज) गरेसँगै सेयरमूल्य समायोजन गरिएको हो ।

नेप्सेका अनुसार नेको इन्स्योरेन्स लिमिटेडको १५ प्रतिशत बोनस सेयर समायोजनपछि १०४३.४८ रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७९९.०९ रुपैयाँ, र गरिमा विकास बैंकको १६ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ४८१.०३ रुपैयाँ तोकिएको छ ।

अब तीन वटै कम्पनीको समायोजित सेयरमूल्यलाई आधार मानेर आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ । गत बुधबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर प्रस्तावित बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

बुधबार नेको इन्स्योरेन्सको प्रतिकित्ता १२०० रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ८७९ रुपैयाँ र गरिमा विकास बैंकको ५५८ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

सरकारले फागुन ३ गते बिहीबार फागुपूर्णिमा (होली) को सार्वजनिक विदा दिएकाले यो साता चार दिन मात्रै स्टक एक्सचेञ्जमा सेयर कारोबार भयो ।

नेको इन्स्योरेन्सले चैत १ गते मंगलबार, गरिमा विकास बैंकले चैत ४ गते शुक्रबार र एनएलजी इन्स्योरेन्सले चैत ६ गते आइतबार बुकक्लोज तोकेका थिए । सोही अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् । समायोजित सेयरमूल्यपछि सेयर खरीद गर्ने लाभांश पाउन र साधारण सभामा भाग लिन पाउँदैनन् ।

थप समाचारहरू:-

गरिमा विकास बैंक र एनएलजी इन्स्यारेन्सको लाभांश आजसम्म सेयर किन्नेले मात्र पाउने

गरिमा विकास बैंकले डाक्यो साधारण सभा, चैत ४ गतेसम्म कायम सेयरधनीले बोनस पाउने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ चैत्र २०७८, शनिबार  १२ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।