बेलायती केन्द्रीय बैंकले बासेल-३ मा केही परिवर्तन गर्ने

0
Shares

बेलायती केन्द्रीय बैंक (बैंक अफ इंग्ल्यान्ड) ले वित्तीय क्षेत्रको अन्तराष्ट्रिय मापदण्ड बासेल-३ का केही नीतिहरुमा परिवर्तन गर्नको लागि सल्लाह गर्ने भएको छ ।

सन् २०२५ को जनवरी १ बाट व्यवहारमा ल्याउने गरी बैंक अफ इङ्गल्याण्ड (बीओइ) ले बासेलको नीतिहरुमा केही परिवर्तन ल्याउन खाजेको छ ।

सन् २००८ को वित्तीय संकट पछि विश्वभरका २८ क्षेत्राधिकारका नियामकहरूले बैंकहरूलाई बलियो बनाउनको लागि बैंकिङ सुपरिवेक्षक (बीसीबीएस) अन्तर्गत अन्तर्राष्ट्रिय मापदण्ड बासेल–३ बनाएका थिए । यस मापदण्डलाई सन् २०१७ मा अन्तिम रूप दिइएको थियो ।

बासेलमा ल्याउने परिवर्तनहरुलाई उधृत गर्दै बीओइले, “बासेल–३.१ सन् २००८ लगायतका वित्तीय संकट न्युनिकरण गर्न बैंकिङ्ग क्षेत्रमा गरिएका विवेकपूर्ण सुधारहरुको अन्तिम दस्तावेज हुनेछ । यस मापदण्डमा बनाइएका र तोकिएका नीति तथा नियमहरुले वित्तीय क्षेत्रका जोखिमपूर्ण लगानीका स्रोतहरुको जोखिम पत्ता लगाउन सघाउने बताएको छ ।

युरोपियन युनियन (इयु) ले विभिन्न देशहरुमा पहिले नै यी नियमहरू लागू गरिसकेको छ । जसकारण सन् २००८ र सन् २०२०/२१ मा कोभिड–१९ संक्रमणले निम्त्याएको आर्थिक संकटमा पनि इयुका बैंकिङ क्षेत्रमा बलियो रूपमा पूँजी जम्मा भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।