तरलता अभाव र व्याजदर वृद्धिले लगानीको वातावरणमा ह्रास, निजीक्षेत्र एकजुट हुनुपर्नेमा जोड

0
Shares

हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र व्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको भन्दै निजी क्षेत्रका उद्यमी व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल चेम्वर अफ कमर्स तथा बिरगंज उद्योग वाणिज्यसंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुवीच आयोजित अन्तरक्रीया कार्यक्रममा उनीहरुले तरलता र व्याजदरमा समस्या समाधान गर्न समस्त निजी क्षेत्रले साझा अवधारणा लिएर अगाडी वढनु पर्नेमा जोड दिएका छन ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्यावसायीका हक हितका बिषयमा निजीक्षेत्र वीच ऐक्यबद्धता रहनु आबश्यक रहेकामा जोड दिए । बिरगंज प्रमूख औद्योगिक नगर भएकोले निर्यात गृहको अवधारणामा निर्यात प्रवद्र्धनको लागि अग्रसर हुनुपर्ने बताउदै यसमा नेपाल चेम्वर अफ कमर्स सहकार्य गर्न तयार रहेको बताए ।

वढदो व्यापार घाटालाइ पूर्ति गर्न कृषिको उत्पादकत्वमा जोड दिनु पर्ने र यसको लागि कृषि क्षेत्रको व्यावसायीकरण तथा उत्पादकत्वमा वृद्धि गर्न जिल्ला स्थित उद्योग वाणिज्य संघको पनि भूमिका महत्वपूर्ण रहेको उनको भनाई थियो ।

उक्त अवसरमा बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले हामी व्यावसायीहरु जुनसुकै क्षेत्रका भएता पनि हाम्रा चुनौतिहरु साझा रहेको बताए । अध्यक्ष डा. गुप्ताले सामाजिक सुरक्षा र श्रम नीतिले ब्यावसायीहरु मारमा परेका छन । मजदुरहरुको मात्र भलाई हेरिदा ब्यवसाय बन्द हुने अवस्थामा पुगेका छन । भिसिटीएस प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन र यसले साना ब्यावसायी मारमा परेका छन । नेपालको पारवहनको लागि भारतका सवै बन्दरगाहहरुबाट नेपालमा माल सामान ल्याउन खुला हुन आवश्यक रहेको बताए।

पर्यटन क्षेत्रमा भारतीय पर्यटकको ठुलो योगदान छ तर भारतीय पर्यटकहरु नेपाल आगमनमा वृद्धि गर्न भारु २५ हजार मात्र बोक्न पाउने, भारतीय ठुला नोटहरु नचल्ने, डेविट क्रेडिट कार्ड भर पर्दो नरहेको कारणले असहज रहेको उनको भनाई थियो ।

उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ तथा बिरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल उपाध्यक्ष हरी गौतम , महासचिव मनोज कुमार दास, सहकोषाध्यक्ष श्री प्रेमचन्द गोयल लगायतको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।