साल्ट ट्रेडिङको ५५ औं वार्षिक साधारण सभा आह्वान

0
Shares

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (STC) ले ५५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कर्पोरेशनको चैत ६ गते सम्पन्न सञ्चालक समितिको बैठकले चैत ३० गते बुधबार बिहान ११ बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि छुट्याइएको ०.५० प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ ।

यस्तै सभामा आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा छ ।

कर्पोरेशनले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरणका लागि चैत १५ गते मंगलबारदेखि चैत ३० गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार चैत १४ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ चैत्र २०७८, मंगलबार  १५ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।