साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) को बोनस सेयर सूचीकृत भएको छ ।
लघुवित्तको चुक्ता पूँजीको २५ प्रतिशतका दरले ३१ लाख २८ हजार ८२७ कित्ता बोनस सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।
नेप्सेमा आज सूचीकृत भएको उक्त बोनस लगानीकर्ताले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि भोलिदेखि नै धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सकिनेछ।
उक्त बोनस सम्बन्धीत लघुवित्तले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मितिको अघिले दिन (पुस ४ गते) सम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।
कम्पनीको पुस १८ गते आइतबार सम्पन्न भएको २० औं साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोमा लग्ने कर प्रयोजनाको लागि १.३१ प्रतिशत नगद लाभांश गरी कुल कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
गत आर्थिक वर्षको मुनाफाबाट वितरित ३१ करोड २८ लाख ८२ हजार ७४५ रुपैयाँ बराबरको बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७ रूपैयाँ पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया