सानिमा लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

0
Shares

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SLI) ले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६।७७ सम्मको बीमाङ्गीय मुल्याङ्कन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुको लागि बोनस दर निर्धारण गरेको हो । इन्स्योरेन्सले बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत भएपछि बीमितलाई प्रति वर्ष हजार बीमाङ्कमा न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

इन्स्योरेन्स कम्पनीले विभिन्न ७ वटा जीवन बीमा प्रडक्टहरुमा बीमा अवधी अनुसार फरक-फरक बोनस दर घोषणा गरेको छ । उपरोक्त बोनस दर उल्लेखित अवधिका लागि मृत्यु दाबी, चुक्ता मूल्य दाबी अवधि भुक्तानी दाबी, चालु बीमालेखमा लागू हुने कम्पनीले जानकारी दिएको छ । सञ्चालन अवधीमा कम्पनीले आर्जित आम्दानी, जीवन बीमा कोषको क्षमताको आधारमा जीवन बीमा कम्पनीहरुको बोनस दर निर्धारण हुने गर्दछ ।

इन्स्योरेन्सका अनुसार अहिले ५ वटा बीमालेख सञ्चालनमा रहेका छन् । जसमा सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षको अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४७ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको बीमालेखमा ७० रुपैयाँ बोनसदर रहेको छ ।

यस्तै सावधिक जीवन बीमालेख योजना एकल अन्तर्गत ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षको अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको बीमालेखमा ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

यसैगरी ट्रिपल सावधिक बीमा योजना बीमालेख अन्तर्गत १० देखि १४ वर्षको अवधिको लागि २० रुपैयाँ, १५ देखि १९ वर्षको लागि २० रुपैयाँ, २० देखि २४ वर्षको लागि २५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको बीमालेखको लागि ३० रुपैयाँ बोनस रहेको छ ।

यता दम्पत्ति सावधिक बीमा योजना बीमालेख अन्तर्गत १५ देखि १९ वर्षको लागि २० रुपैयाँ, २० देखि २४ वर्षको लागि २५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको बीमालेखको लागि ३० रुपैयाँ बोनस रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षको अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४७ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको बीमालेखको लागि ७० रुपैयाँ बोनसदर रहेको छ ।

इन्स्योरेन्सका कम्पनीका अनुसार अग्रिम भुक्तानी योजना अन्तर्गत १० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ रहेको छ । यस्तै वार्षिक अग्रिम भुक्तानी योजना अन्तर्गत १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २३ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।