सिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको समुद्घाटन

0
Shares

सिद्धार्थ बैंकले प्रदेश १ विराटनगरमा चैत्र ०९ गते बुधवार आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको समुद्घाटन गरेको छ ।

उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले गरेका हुन । उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघसस्थाका प्रमुख अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

विभिन्न वर्गका ग्राहकहरु, व्यापारी तथा उद्योगीहरुमाझ उच्चस्तरीय बंैैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यालयको निर्माण गरिएको बैंकले जनाएको छ । अत्याधुनिक प्रविधिमैत्री बैंकिङ्ग मार्फत आम ग्राहकहरुसमक्ष सेवा प्रदान गर्ने उद्देश्यका साथसाथै देशको अर्थतन्त्रलाई सम्बृद्ध एवं सुदृढ बनाउन नव स्थापित बैंकको भवन मार्फत प्रदान गरिने सेवाको अहम भूमिका रहनमा बैंक विश्वस्त रहेको छ ।

साथै यसअघि विराटनगर स्थित वडा नं ७ मेनरोडबाट सेवा प्रदान गर्दै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २०८ वटा एटिएम्, ११४ शाखारहित बैंकिङ्ग सेवा र १,५०० भन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।