बर्लिन अवस्थित टेस्लाको गीगा–फ्याक्ट्रीबाट कार उत्पादन सुरु

0
Shares


लामो समय लागेर मार्च ४ मा स्वीकृत भएको टेस्लाको बर्लिनमा रहेको गीगा–फ्याक्ट्रीबाट अन्ततः कार उत्पादन सुरु भएको छ ।

प्लान्टमा निर्माण भएका पहिलो कारको आवरण ३० ग्राहकहरुलाई सार्वजनिक गर्दै टेस्लाका प्रमुख कार्यकारी निर्देशक एलन मक्सले खुशी व्यक्त गरेका छन् । उनी भन्छन्,“फ्याक्ट्रीको लागि आजको दिन निकै राम्रो रहेको छ । दिगो विकास र उज्ज्वल भविष्य तर्फ लम्किरहेका हाम्रा पाइलाहरुमा नयाँ खुड्किलो थप्ने काम यस फ्याक्ट्रीले गरेको छ ।”

यसअघि युरोपको अर्डर डेलिभर गर्नको लागि चीनको साङघाईबाट कारहरु पठाउनु पर्ने हुन्थ्यो । तर जर्मन मै कार निर्माण हुन लागेपछि कार्गो, चीप अभाव र आपूर्ति श्रृखला अवरोध जस्ता समस्याहरुको धेरथोर समाधान भएको हो ।

जर्मनमा भएको उक्त प्लान्टमा १२ हजार भन्दा धेरैलाई रोजगार दिएको छ । उक्त प्लान्टले आफ्नो पूर्ण क्षमतामा काम गर्यो भने वार्षिक रुपमा ५ लाख कार निर्माण गर्न सक्ने छ । टेस्लाको प्रतिस्पर्धी भक्सवागनले भने वार्षिक रुपमा ४ लाख ५० हजार कारहरु निर्माण गरेको छ ।

जर्मनमा निर्माण भएका कारहरुमा प्रयोग हुने ब्याट्री पहिले चीनबाट आयात गर्ने भनिएता पनि टेस्लाले जर्मनमा नै ब्याट्री निर्माण सुरु गर्ने भएको छ ।

जेपी मोर्गनले टेस्लाको जर्मन अवस्थीत प्लान्टले सन् २०२२ मा ५४ हजार कार, सन् २०२३ मा २ लाख ८० हजार र अन्ततः सन् २०२५ मा ५ लाख कार निर्माण गर्ने अनुमान गरेका छन् । टेस्लाकै सीइओ एलन मक्सले पनि वार्षिक रुपमा ५ लाख कार निर्माण गर्ने लक्ष्य एकदमै महत्वाकांक्षी रहेको र सबैले निकै मिहिनेत गर्नुपर्ने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।