सुनको मूल्य तोलाकाे पुन: लाख नाघ्यो, चाँदीको मूल्यमा पनि वृद्धि

0
Shares

सुनको मूल्य बिहीबार नेपाली बजारमा पुनः बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूलय प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

बुधबार छापावाला सुन तोलाको ९९ हजार २०० रुपैयाँ र तेजावी सुन ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलाको १ हजार ३७५ रुपैयाँ कायम गरिएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य गत मंगलबार पनि आजकै भाउमा कारोबार भएको थियो । बुधबार भने सुन तोलामा १ हजार १०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९४० डलर र चाँदी २५.०१ डलर हाराहारीमा कारोबार भइरहेको छ ।रुस युक्रेन द्धन्द मत्थर नहुँदा अन्तर्राष्ट्रिय बजारमा पछिल्ला दिनहरुमा सुनको भाउमा तीव्र उतारचढाव आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० चैत्र २०७८, बिहिबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।