टेलिकम र जीवन विकास लघुवित्तको शेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विहीबार नेपाल टेलिकम र जीवन विकास लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले नेपाल टेलिकमकोे २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य १ हजार २२० दशमलव ८३ रुपैयाँ तोकेको छ । कम्पनीको बिहीवार १ हजार ४६५ मा अन्तिम कारोबार भएको थियो ।

त्यस्तै, जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य ३ हजार तोकेको छ । कम्पनीको बिहीवार कारोबार भएको अन्तिम मूल्य ५ हजार १०० सय रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

टेलिकमले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ११ गते तथा जीवन विकास लघुवित्तले चैत १२ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

टेलिकमले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश करसहित गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २४ गते साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल काठमाडौंमा दिनको ११ बजे साधारण सभा शुरु हुने जानकारी दिएको छ ।

जीवन विकास लघुवित्तले शेयरधनीले गत आवको मुनाफबाट ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८४२ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २५ गते साधारण सभा गर्ने जानकारी दिएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी २ मोरङमा बिहान १०:३० बजे शुरु गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ चैत्र २०७८, शुक्रबार  ०९ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।