‘आन्तरिक पर्यटनको लागि सबैसँगै’ भन्ने नाराका साथ एनवाइइएफको मेची महाकाली मोटर ¥यालीे  सुरु

0
Shares

नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.)ले पहिलो पटक मेची महाकाली मोटर ¥यालीे यही २०२२ मार्च २४ देखि २८ सम्म आयोजना गरेको छ ।

उक्त मोटर ¥यालीको नारा “आन्तरिक पर्यटनको लागि सबैसँगैˮ रहेको छ । यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी हुने आयोजकको भनाई छ ।

नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा आज विहान १०ः०० बजे झण्डा हल्लाएर मोटर ¥यालीको उद्घाटन गरी सहभागी टीमलाई बिदाई गरेका थिए ।

एन.वाइ.इ.एफ.का अध्यक्ष उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न यो मोटर ¥याली देशव्यापी रुपमा आयोजना गरिएको जानकारी दिए । यसले जनतालाई अभिप्रेरित गर्ने एक प्रकारको छुट्टै खेल जस्तो हो जसले सहास र मनोरञ्जन प्रदान गर्नुका साथै व्यक्तिगत, सामुहिक र सार्वजनिक व्यापार व्यवसायलाई प्रबद्र्धन गरी उत्साह बढाउन सघाउने उनको भनाई छ ।

यस मोटर ¥यालीले व्यापार व्यवसाय उजागर गर्न अवसर तथा स्थान उपलब्ध गराउने, व्यवसायीलाई पूनर ताजगी हुन र स्थानीय संस्कृतीलाई प्रचार प्रसार गर्न यसले बल पु¥याउने तथा देशका विभिन्न स्थानहरुको चिनारी गर्न र सबै च्याप्टरका पदाधिकारीहरुबीच भेटघाट तथा भ्रमण गर्नु यस ¥यालीको मुख्य उद्देश्य रहेको छ।

मोटर ¥याली काठमाडौं, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ । त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछ र मार्च २९ मा यस मोटर ¥यालीको विधिवत समापन हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।