आईएमई जनरल इन्स्योरेन्सको हकप्रद निष्काशन बन्द हुँदै


आइएमई जनरल इन्स्योरेन्स (IGI) ले आइतबारदेखि हकप्रद सेयर निष्काशन बन्द गर्दैछ । कम्पनीले निष्काशन गरिरहेको ४० प्रतिशत हकप्रद सेयरमा योग्य लगानीकर्ताले आइतबारसम्ममा आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरमा हाल कायम चुक्ता पूँजीको ४० प्रतिशले हुने ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्काशन गरेको हो ।

हकप्रद सेयर निष्काशनका लागि इन्स्योरेन्सले फागुन १ गते बुकक्लोज गरेको थियो । जस अनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रदमा मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफटवेयर तथा सिआस्बा तथा आस्बाबाट आवेदन दिन सकिन्छ । कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकत्व ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।