
साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) को प्रस्तावित लाभांश पाउन सोमबारसम्म सेयरधनी बन्न आवश्यक रहेको छ ।
कर्पोरेशनले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १५ गते मंगलबार बुकक्लोज गर्देछ । यसअनुसार चैत १४ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले चैत ३० गते बुधबार बिहान ११ बजे ५५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सभाले सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने २ करोड ३० लाख ४८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि ११ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु अनुमोदन गर्नेछ ।
साल्ट ट्रेडिङको ५५ औं वार्षिक साधारण सभा आह्वान
साल्ट ट्रेडिङ्गको लाभांश घट्यो, कति दिने भयो बोनस ?
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया