सुनचाँदीको भाउ सोमबार सस्तियो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

सुन चाँदी दुबैको भाउ साताको दोस्रो दिन सोमबार नेपाली बजारमा घटेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ४०० र चाँदीको भाउमा २० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख तथा चाँदीको भाउ तोलाको १ हजार ३८० रुपैयाँ निर्धारण गरिएको छ ।

आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ, तेजावी सुनको मूल्य तोलाको १ लाख ४०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो । आइतबार सुनचाँदी दुबैको भाउ स्थीर रहेर शुक्रबारकै भाउमा कारोबार भएको थियो ।

भू–राजनीति तनावका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा स्थीरता आउन सकेको छैन । अमेरिकी केन्द्रिय बैंकले औसत ब्याजदर बढाएपछि सुनको मूल्यमा कमी आउने भनिएता पनि रुस–युक्रेन द्धन्दले अझ चर्को रुप लिँदा सुनचाँदीको मूल्य केही समय अस्थिर रहने नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले जानकारी दिए ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार(चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति तोला करिव ७ सय २७ दशमलव २० डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रति तोला करिव ९ दशमलव ५५ डलरमा कारोबार भइरहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ चैत्र २०७८, सोमबार  ११ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।