
बुद्धनगर एग्रो फार्मले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । जसका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुत्त गरेको छ ।
बुटवल मिलनचोेकमा कार्यालय रहेको बुद्धनगर एग्रो फार्मले सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित उक्त परिमाणको साधारण सेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । जसका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र बुद्धनगर एग्रो फार्म लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता भएको छ ।
यो सँगै आईपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हुनेछ । क्यापिटलको ‘आइडिया टु आईपीओ सेवा’ अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथाशीघ्र आईपीओ जारी गर्ने व्यवस्था मिलाउने भएको छ ।
क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षमा परामर्श सेवा समेत उपलब्ध गराउने सम्बन्धी समेत दुई पक्षीय सम्झौता भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया