एशियन लाइफ, सबैको लघुवित्त र मञ्जुश्री फाइनान्सको बोनस वितरण

0
Shares

एशियन लाइफ इन्स्योरन्स कम्पनी लिमिटेड, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको बोनस वितरण भएको छ ।

तीनवटै कम्पनीहरुको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडले अघिल्लो साधारण सभाबाट पारित भएको उक्त बोनस वितरण गरिएको हो ।

मञ्जुश्री फाइनान्सको चुक्ता पूँजीको ४० प्रतिशत बोनस, सबैको लघुवित्तको ३१.०५ प्रतिशत र एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा पठाएको हो ।

एशियन लाइफ इन्स्योरेन्सको माघ २१ गते सम्पन्न इन्स्योरेन्सको १३ औं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बराबरको उक्त बोनस माघ ११ गतेसम्म सेयर अभौतिकिकरण गरेका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस जम्मा गरिएको हो ।

यसैगरि सबैको लघुवित्तको पुस ३ गते सम्पन्न लघुवित्तको पाँचौँ वार्षिक साधारण सभाबाट पारित ३१.०५ प्रतिशत बराबरको उक्त बोनस मंसिर १६ गतेसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

यस्तै मञ्जुश्री फाइनान्सले पुस २९ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको ४० प्रतिशत बराबरको उक्त बोनस सेयर पुस १४ गतेसम्म सेयर अभौतिक गराएका सेयरधनीहरुको डिम्याट खातामा पठाएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ चैत्र २०७८, मंगलबार  १२ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।