सुनको मूल्य प्रतितोला ४०० ले घट्यो, चाँदी पनि गिरावट

0
Shares

सुनको मूल्य बुधबार पनि घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनकाे भाउ तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९९ हजार २०० रुपैयाँ र तेजावी सुन ९८ हजार ७०० रुपैयाँमा करोबार भएको थियो ।

यस्तै आज सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम गरिएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा मंगलबार सुन तोलामा १ हजार ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेर कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

आज अर्थात बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिअ‍ैंस १ हजार ९२४ डलर र चाँदी प्रतिऔंस २४ दशमलव ८५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ चैत्र २०७८, बुधबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।