टेलिकमले ल्यायो सस्तो मूल्यमा ‘अल नेट भ्वाइस प्याक’ सुविधा

0
Shares

नेपाल टेलिकमले सबैै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने सस्तो मूल्यका अल नेट भ्वाइस प्याक सेवा उपलब्ध गराउने भएको छ ।

हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अलनेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन लागेको हो । नयाँ सुविधा अनुसार ग्राहकले जुनसुकै नेटवर्कमा केवल २६५ रुपैँयामा २८ दिनसम्म ५०० मिनेट कुराकानी गर्न सकिनेछ । यसैगरी ५५० रुपैँयामा ३५ दिनको लागि १२०० मिनेट कुराकानी गर्न सकिने छ ।

यसैगरी ग्राहकले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न मात्रै २५ रुपैँयामा अनलिमिटेड अल नेट डे भ्वाइस प्याक लिन सक्ने छन् । त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म रु.२५ मै अनलिमिटेड अल नेट नाइट प्याक लिन सक्ने छन् ।

साथै, आवश्यकता अनुसार ग्राहकहरुले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म रु. १२ मा ३० मिनेट र रु. १५ मा १२० मिनेट कुरा गर्न अल नेट डे भ्वाइस प्याक लिन सक्ने छन् ।

यसका अतिरिक्त नेपाल टेलिकमले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएका छन् । ग्राहकहरुले नेपाल टेलिकम नेटवर्क भित्र रु ५९९ मा २८ दिन सम्मको लागि पाउँदै गरेको असिमित कुराकानी प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न र १ जीबी डाटा चलाउन पाउने सुविधा थप गरिएको छ ।

साथै, रु. ७९९ मा टेलिकम भित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था छ । यो प्याकमा प्रतिदिन १ जीबी डाटा समेत चलाउन सकिन्छ ।

अब देखि रु. ९९९ र रु. १४९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिनेछ । त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुनेछन् । नयाँ प्याकहरु २०७८ चैत १७ गतेदेखि २०७९ बैशाख ४ गतेसम्म खरिद गर्न सकिनेछ । टेलिकमले पहिलेदेखि नै उपलब्ध गराइरहेका अन्य विभिन्न प्याकहरु यथावत नै रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।