सिद्धार्थ, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई बीमा कम्पनीहरु सिद्धार्थ र प्रभु इन्स्योरेन्स लिमिटेड तथा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बुधबार विभिन्न तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । प्रभु इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि तीनवटै कम्पनीले बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरेका हुन् । बुकक्लोज मिति अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन बुधबारसम्म कायम रहने लगानीकर्ताले मात्र लाभांश तथा साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

बुकक्लोज भएसँगै नेप्सेले बुधबार कायम अन्तिम मुल्यलाई आधार मानेर सेयरमूल्य समायोजन गरेको हो ।

यस्तो छ समायोजित सेयरमूल्य

१. सिद्धार्थ इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ८९१.३० रूपैयाँ निर्धारण

बुधबारको अन्तिम कारोबार मूल्य १०२५ रूपैयाँ

२. प्रभु इन्स्योरेन्स

प्रभु इन्स्योरेन्स लिमिटेडको ११ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता प्रतिकित्ता ७४३.२४ रूपैयाँ निर्धारण

बुधबारको अन्तिम कारोबार मूल्य ८२५ रूपैयाँ

३. आरम्भ चौतारी लघुवित्त

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको १९.६२ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता १११६.८६ रूपैयाँ निर्धारण

बुधबारको अन्तिम कारोबार मूल्य १३३६ रूपैयाँ

नेप्सेले बुधबार कायम भएको अन्तिम कारोबार मूल्यमा प्रस्तावित बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो । यसअनुसार अब बिहीबार समायोजित सेयरमूल्यलाई अधार मानेर तीनवटै कम्पनीको नेप्सेमा कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ चैत्र २०७८, बिहिबार  ०८ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।