माछापुच्छ्रे बैंकको नयाँ शाखा धनगढीको राजपुरमा, शाखा सञ्जाल १६४ पुग्यो

0
Shares

माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको बिहिबार धनगढी उप महानगरपालिकाका मेयर नृप बहादुर वडले सद्घाटन गरे ।

देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । नयाँ शाखा सगैँ कैलाली जिल्लामा बैंकको शाखा संख्या ४ पुगेको छ।

नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउने छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।