इभि मोटर्सको हरेक शनिबार एक्सचेन्ज मेला

0
Shares

एलभिनेङग स्कुटरको आधिकारिक विक्रेता तथा वितरक इभि मोटर्स नेपालले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ८ बजे सम्म एक्सचेन्स मेला कार्यक्रम आयोजना गरिरहेको छ ।

यो कार्यक्रममा इच्छुक महानुभावहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम १५ हजार सम्म प्राप्त गर्न सक्नेछन् ।

त्यस बापत आफ्नो पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ एलभिनेङग स्कुटरको खरिद गर्न सकिनेछ । यसरी खरीद गरिएको स्कुटरमा रु ३५ हजारसम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको छ ।

एलभिनेङग स्कुटर नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको लिथियम ब्याट्री लगाइएको छ भने जर्मनीको बोस्च मोटर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।