यामाहाले ल्यायो ‘हजार गुणाले खुसी बढाउँनुहोस’ अफर, २० लाखसम्म जित्न सकिने

0
Shares

नेपालका लागि यामाहा मोटरको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘हजार गुणाले खुसी बढाउँनुहोस’ अफर सार्वजनिक गरेको छ ।

जस अन्तरर्गत ग्राहकले २० लाख रुपैयाँसम्म नगद जित्नसक्ने कम्पनीले जनाएको छ । नयाँ वर्षको अवसरमा यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्योरसट अफरमा कुनै पनि सवारी साधन खरिद गर्दा हरेक दिन न्यूनतम ८ हजार ३ सय १६ देखि बढीमा २ लाख ७ हजार ९ सय रुपैयाँसम्म नगद पुरस्कार पनि जित्न सकिने छ ।

यसैगरी यस योजनामा सहभागी हुने ग्राहकहरु मध्येबाट ज्याकपोट अफर अन्तर्गत एक जना भाग्यशाली विजेतलाई २० लाख ७९ हजार बम्पर उपहार प्रदान गरिने एमएडब्ल्यू इन्टरप्राइजेजका दिपेस पुरीले जानकारी दिए।

उनका अनुसार ग्राहकहरूले यामाहाको आधिकारिक वेबसाइटमा यामाहाले दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्लिखित नगद उपहार जित्न सक्नेछन । यो अफर ६ चैतदेखि सुरु भएको र जेठ पहिलो हप्तासम्म चल्ने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल आरवान ५, एमटी, एफजेट एफआई, भि ३, एफजेट डबल डिक्स, सोलुटो, एफजेट आरआर छ भने स्कुटरमा फसिनो १२५ रिजी १३० र रिजेट आर डिक्स लगायत बिभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु बिक्री गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।