प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

0
Shares

प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) को २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने म्याद म्याद थपिएको छ ।

धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार सर्वसाधारणका लागि जारी भएको ऋणपत्रमा छिटो अवधिमा प्रयाप्त आवेदन नपरेपछि ढिलो समय चैत ३० गतेसम्म समय लम्बिएको हो ।

अब लगानीकर्ताले ऋणपत्रमा ढिलोमा चैत ३० गतेसम्म आवेदन दिन सक्नेछन् । यद्यपी सो समय अगावै ऋणपत्रको मागभन्दा बढी बिक्री भएर सार्वजनिक सूचना मार्फत निष्कासन बन्द हुनेछ । यसअघि छिटोमा चैत २१ गते बैंकिङ समयपछि ऋणपत्र निष्काशन बन्द हुने मिति थियो ।

बैंकले चैत १६ गतेबाट ‘प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गरेको छ । जसमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १० लाख इकाइमा सर्वसाधारणमा बिक्री खुलाइएको हो ।

लगानीकर्ताले ऋणपत्रमा न्यूनतम २५ इकाइ देखि अधिकतममा ५ लाख इकाइसम्म माग गर्न सक्नेछन् । मेरो सेयर मोबाइल एप, वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिन्छ ।

ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज अर्धवार्षिक रुपमा पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७८, मंगलबार  ०९ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।