सुनको मूल्य मंगलबार नेपाली बजारमा झिनो वृद्धि भएको छ । नेपाल सुनचाँदी वयवसायी महासंघका अनुसार सुनको मूल्य सोमबारको तुलनामा मंगलबार तोलामा १०० रुपैयाँले बढेको हो । 
मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
सोमबार छापावाला सुन तोलाको ९८ हजार ७०० रुपैयाँ र तेजावी सुन ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सुनको मूल्यमा वृद्धि भएपनि चाँदीको मूल्य घटेको छ । महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेको हो । मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ३४० रुपैयाँ कायम गरिउको छ।
सोमबार चाँदी तोलाको १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेर कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
आज अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९२८ डलर र चाँदी प्रतिऔंस २४ दशमलव ४७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया