कर्जामा कडाई गर्दा सेयर बजार थप प्रभावित, ४६ अंकले घट्यो नेप्से

0
Shares

नेपाल राष्ट्र बैंकले विलासीताका वस्तुहरुको आयात निरुत्साहनका लागि प्रतितपत्र नखोल्न निर्देशन दिएको भोलिपल्टको सेयर बजारमा उच्च गिरावट आएको छ ।
केन्द्रीय बैंकले सिडी रेसीयो ९० प्रतिशत माथि पुगेका बैंकहरुलाई कर्जा विस्तार गर्न रोक लगाएकाले पनि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो ।

केन्द्रीय बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर कर्जा निक्षेप अनुपात (सीडी) असार मसान्तसम्म ९० प्रतिशतमा नझारे कारबाही गर्ने भनेपछि बैंकहरुले नयाँ कर्जा दिन रोक लगाएका हुन ।

पछिल्ला केहि दिन यता दैनिक दोहोरो अंकले घट्ने क्रममा रहेको सेयर बजार पछिल्लो चार कारोबार दिनमा मात्रै ११७ अंकले तल झरेको छ । मंगलबार साढे ४६ अंकले ओरालो लागेको हो । मंगलबारको सेयर बजार ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा झरेकोे छ । बजार उच्च अंकले घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार १ अर्ब ७५ करोड कारोबार भएकोमा मंगलबार २ अर्ब ६७ करोड पुगेको छ ।

आजको बजारमा राष्ट्र उत्थान र नेष्डो लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जाल्पा लघुवित्तको ६.०७ प्रतिशत र युनिलिभर नेपालको ३.२३ प्रतिशतले बढेको छ। यस्तै इमर्जिङ्ग नेपालको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको ६.३७ प्रतिशत, युनाइटेड इदि मर्दी ६।०१ प्रतिशत, जनरल इन्स्योरेन्सको ५.६९ प्रतिशत र एनटिसिको ४।७० प्रतिशतले घटेको छ।

यसदिन हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ९ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कम्पनीको मूल्य १.२९ प्रतिशत घटेको छ। नबिल बैंक र नेपाल लाइफको ८/ ८ करोड रुपैयाँ अधिकको सेयर कारोबार भयो। सूर्या लाइफ इन्स्योरेन्सको ७ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच हुँदा मगलबार अरुण भ्यालीको ६ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २२ चैत्र २०७८, मंगलबार  १६ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।